असोज २६, २०८१ शनिबार October 12, 2024

एक करोड खर्चेर फोहर व्यवस्थापन

बागलुङ बजारमा १५ हजार फोहर संकलन गर्ने तीन थरि रङका बाल्टी वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २३ भदौ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु. एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर संकलन गर्ने तीन थरि रङका बाल्टी वितरण गर्न थालेको छ भने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया