असार २५, २०८२ बुधबार July 9, 2025

भूमि अधिकारका दृष्टिले अबका तीन बर्ष महत्वपूर्ण : महासचिव पोखरेल

ओलीको नेतृत्वमा सरकार गठन भएपछि भूमि आयोग गठन गर्ने आधार तयार भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भूमि अधिकारका दृष्टिले अबका तीन बर्ष महत्वपूर्ण हुने बताउनुभएको छ ।

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको स्थापना दिवस तथा प्रथम केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले भूमि अधिकारसम्बन्धी समस्या समाधानका लागि सार्थक प्रयत्न अगाडि बढिरहेको बताउनुभयो ।

नेकपा (एमाले) भूमि समस्यालाई समाधान गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भूमि आयोग गठन गर्ने आधार तयार भएको बताउनुभयो ।

नेकपा (एमाले)ले विगतमा पनि बेला बेलामा भूमि समस्या समाधानका लागि काम गर्न खोज्ने तर कानुनी जटिलता सिर्जना हुने, अदालतले काम रोकिदिने तीतो अनुभव पनि रहेको सुनाउनुभयो ।

महासचिव पोखरेलले भूमि आयोग गठन गरी भूमि अधिकारसम्बन्धी समस्याको समाधान एक पटकका लागि भनेकाले अब गठन हुने आयोग अन्तिम हुने हुँदा भूमिहीन, सुकुम्वासीहरू कोही पनि अबको अन्तिम अवसरबाट बन् चित भयौँ भन्ने अवस्था आउन नहुने बताउनुभयो ।

उहाँले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका पदाधिकारी तथा सदस्यहरूलाई भूमिहीन, सुकुम्वासीका बस्तीमा गई सबैलाई प्रक्रियामा सामेल गराउन अगुवाइ गर्न निर्देश गर्दै त्यसो गरियो भने मात्र सार्थक परिणाम प्राप्त हुने बताउनुभयो ।

महासचिव पोखरेलले दुई ठुला पार्टी मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको बताउँदै भूमि अधिकारको विषयलाई अगाडि बढाउने र समाधान गर्ने सन्दर्भमा पनि काममा प्रभाव पार्ने गतिविधि हुनसक्ने हुँदा त्यस्ता गतिविधिमा नलाग्न सचेत गराउनुभयो ।

वर्तमान सरकारको प्रभावकारितासँग भूमिहीनहरूको भविष्य जोडिएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– “जुन समुदायका लागि राज्यले काम गर्न खोज्दै छ, त्यो सरकारप्रति सकारात्मक बन्नुपर्छ ।”

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य, भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका इन्चार्ज तथा अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, भानुभक्त ढकाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार