जेठ ७, २०८२ बुधबार May 21, 2025

एमाले कोशी संसदीय दलको सचेतकमा ललिता चौधरी नियुक्त

दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उनको ठाउँमा चौधरीलाई मनोनीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी मनोनयन भएकी छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको २०८१ भाद्र २९ गतेको निर्णयले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनीत गरिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।

सचेतकमा मनोनीत चौधरीलाई संसदीय दल, संसदीय दलको मार्ग निर्देशन तथा प्रमुख सचेतकको सल्लाह तथा परामर्शमा आफ्नो जिम्मेवारी पूरा गर्न मनोनयन-पत्रमा भनिएको छ ।

यसअघि सचेतकमा कमला दर्नाललाई मनोनीत गरिएको थियो । दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उनको ठाउँमा चौधरीलाई मनोनीत गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार