असोज २६, २०८१ शनिबार October 12, 2024

सुदूरपश्चिमका ५ जिल्लामा भूकम्पको झट्का

बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, असोज २ गते । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । सोमबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  भदौ २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया