काठमाडौं, १३ असोज । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ ।
समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् ।
देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्ने समितिको पत्रमा उल्लेख छ ।
दसैँको मुखमा आएको विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको समितिले उल्लेख गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया