असार २६, २०८२ बिहिबार July 10, 2025

बाढी र डुबानसँगै डेंगुको त्रास !

सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून रहे पनि संक्रमणले च्याप्दै लगेपछि बिरामीको अवस्था पनि गम्भीर बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाढी आएसँगै डेंगु पनि बढिरहेको छ । एक्कासी उच्च ज्वरो आएर मानिस विरामी पंररिहेका छन् । यो ज्वरो कहलेकाहँ ५÷७ दिनसम्म पनि देखिन थालेको छ ।

प्राकृतिक प्रकोपको चापमा परिरहेका बेलामा डेंगुका बिरामीको अवस्थामा सरकारले ध्यान पनि दिन सकिरहेको छैन । तर यति नै बेलामा डेंगुको महामारी नराम्रो गरी फैलन सक्छ । यो संभावनालाई सरकारले बेलैमा ध्यान दिनुपर्छ ।

अस्पतालमा भर्ना भएका बिरामीले असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाडजोर्र्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा विमिरा आउने गरेको बताउने गरिरहेका छन् । यी सबै डेंगु सङ्क्रमणका लक्षणहरू हुन् ।

यसका साथै, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि बिरामीमा देखा परिरहेका छन् । सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून रहे पनि संक्रमणले च्याप्दै लगेपछि बिरामीको अवस्था पनि गम्भीर बन्दै जान्छ ।

बिरामीले ध्यान दिनुपर्ने कुरा धेरै छन् । त्यसमा पनि अन्तिम अवस्थामा हुने रक्तश्राव ज्यादै खतरा हुन्छ । यो अवस्थामा पुगेको डेंगु सङ्क्रमणका लक्षण थाह पाइराख्नु उपयोगी हुन्छ । बिरामी लामो समयसम्म बेहोस भइरहेमा, जलवियोजनका कारण बेहोस भएमा, कलेजोमा खराबी उत्पन्न भएका बखतमा आफन्त निकै सतर्क हुनुपर्छ । यस्तो बेलामा दुखाइ कम गर्नका लागि ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोगप्रति सतर्क रहनुुपर्छ ।

विगत केहि दशक देखि विश्वभरि नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । १२८ भन्दा बढी मुलुकका अर्बौं मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ । २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरिरहेको छ ।

त्यसैले नेपालमा पनि यसको छोटो समयमा देखिएको फैैलावट, सङ्क्रमण र प्रभावितको संङ्ख्या हेर्दा स्थिति खराब नै देखिन्छ । अहिले भेलबाढी र पानी जमिरहेको अवस्थामा जनसाधरण डेंगुको महामारीबाट बेलैमा सतर्क रहनुपर्छ ।राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार