श्रावण ४, २०८२ आइतबार July 20, 2025

दुई तिहाइको सरकारलाई बाढीपहिरोले नंगाइदियो : सांसद गोसाईं

तीन सयभन्दा बढी गरिब नेपाली जनताको ज्यान गुम्दा पनि सरकारले कुनै ठोस कदम चाल्न नसक्दा सरकारको असक्षमता स्पष्ट भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेमकिपा नेता एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले दुई तिहाइको सरकारलाई बाढीपहिरोले नंगाइदिएको भन्दै कडा आलोचना गरेका छन्।

उनले देशभरि बाढी पहिरोमा परी तीन सयभन्दा बढी गरिब नेपाली जनताको ज्यान गुम्दा पनि सरकारले कुनै ठोस कदम चाल्न नसक्दा सरकारको असक्षमता स्पष्ट भएको बताए।

शुक्रबार भक्तपुरमा एक कार्यक्रमको उद्घाटन गर्दै सांसद गोसाईंले बाढी पहिरोबाट हजारौं मानिस घाइते हुँदा समेत सरकार मूकदर्शक बनेको आरोप लगाए।

“जनताको जिउधनको सुरक्षा दिने जिम्मेवारी लिने गृहमन्त्री लाटोजस्तै बनेका छन्,” उनले भने, “गृहमन्त्री लेखक नामका भए पनि व्यवहारमा बाढी पहिरोमा केही गर्न नसक्ने निरीह बनेका छन्।”

गोसाईंले प्रधानमन्त्रीको पनि आलोचना गर्दै देशभरि बाढीपहिरोले कहर मच्चाउँदा प्रधानमन्त्री विदेशमा दुःख व्यक्त गरेर चुप लागेर बसेको बताए।

ठूला राजनीतिक दलका कार्यकर्ताहरू विपद्को समयमा कहाँ हराए भन्ने प्रश्न गर्दै उनले सरकारको लापरबाहीप्रति गहिरो असन्तुष्टि जनाए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार