श्रावण ४, २०८२ आइतबार July 20, 2025

पार्टीमा भ्रम नफैलाउन भीम रावललाई प्रदेश अध्यक्ष जैशीको चेतावनी

सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिमा रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेको बिषय चर्किदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमालेका नेता भीम रावललाई सोही पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीमा भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

अध्यक्ष जैसीले सोमबार विज्ञप्ति जारी गर्दै निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखेको भन्दै प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु’, जैसीले रावललाई चेतावनी दिएका छन् ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले केही समयअघि दिएको अभिव्यक्तिमा रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार