श्रावण ४, २०८२ आइतबार July 20, 2025

पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत : अध्यक्ष प्रचण्ड

कांग्रेस-एमाले संविधान खारेजी गर्न लागिपरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संविधान खारेज गर्न लागिरहेको आरोप लगाएका छन्।

आज सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, ‘उहाँहरूको चासो संविधान संशोधन हो भन्ने मलाई लाग्दैन, उहाँहरूको चाहनाचैँ संविधान खारेजी हो। एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। सदन पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो सदन विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’

उनले थपे, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

यस्तै उनले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन्। उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो। सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न।’

यस्तै उनले अहिले संविधान संशोधन नभइ कार्यान्वयन आफूहरुको प्राथमिकता रहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार