काठमाण्डौः मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।
राउतका स्वकीय सचिव दीपक जसपा नेपाल पर्साका सह–इन्चार्जसमेत थिए । उनलाई शुक्रबार जसपाका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन्।
जसपाका उपमहासचिव मन्त्री यादव गृह जिल्लामा पछिल्लो समय जसपा नेपालका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन सक्रिय भएका छन्। पार्टी प्रवेश गराउँदै खानेपानीमन्त्री यादवले दीपकजस्ता कर्मठ र अनुभवी नेताको आगमनले जसपालाई थप बलियो बनाउने बताए।
जसपा नेपालका महासचिवसमेत रहेका पूर्वमुख्यमन्त्री राउतले एक वर्षअघि स्वकीय सचिवबाट हटाएपछि दीपक असन्तुष्ट बनेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया