काठमाण्डौंः मुलुकमा दसैँको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको हत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया