श्रावण ४, २०८२ आइतबार July 20, 2025

तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ ।

तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक/दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार