श्रावण ४, २०८२ आइतबार July 20, 2025

बाबुराम भट्टराई भन्छन् : रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति छ

निर्दोष कसैलाई पनि फसाइन नहुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले निर्दोष कसैलाई पनि फसाइन नहुने भन्दै भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ । उहाँको राम्रो होस् भन्ने कामना गर्छु । जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ ।’

लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी देखिए कारबाही हुनुपर्ने उनले बताए । ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ’, उनले भने, ‘ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने फसाइनु हुँदैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार