काठमाडौं, ५ कार्तिक । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको आरोप लगाएका छन् । आज (सोमबार) पोखरामा नेसपाको विधान अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले माओवादी कांग्रेस र एमाले भन्दा पनि भ्रष्टीकरणको बाटोमा गएको बताए ।
विगतमा नयाँ शक्ति हुँदै विभिन्न पार्टीमा भौतारिनु परेको स्मरण गराउँदै उनले भने, ‘माओवादी आन्दोलनलाई रसातलमा लिएर जाने, भ्रष्टीकरणमा कांग्रेस र एमालेलाई पनि उछिनेर बदनामी गर्ने प्रचण्डसमेतलाई सुध्रेर आउँछन् भने ठीकै छ नि त भनेर उदारता देखाउने मेरो कमजोरीका कारणले केही भ्रमजस्तो पर्न गयो ।’
साथै, आफूले सत्तामा रहँदा कहिले पनि देश र जनताप्रति घात नगरेको पनि उनले दाबी गरे । आफूलाई कसैले आरोप लगाउँछ भने प्रमाण लिएर आउन पनि उनले चुनौति दिए । अहिले नेसपाले सही बाटो हिँडिरहेको पनि उनको दाबी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया