श्रावण ४, २०८२ आइतबार July 20, 2025

सरकार परिवर्तनको हल्ला निराधार : डा. शेखर कोइराला

कुनै विदेशी शक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने र सरकार परिवर्तनका लागि संसद्को सङ्ख्या आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताउनु भएको छ ।

प्रेस युनियन मोरङले विराटनगर स्थित कोइराला निवासमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस र एमाले मिलेर वनेको झण्डै दुई तिहाइको यो सरकारबाट नेपाली काँग्रेसलेले हात नझिकेसम्म सरकार नढल्ने प्रष्ट पार्नुभयो ।

नेपाली काँग्रेसले पनि अहिले यही सरकारको निरन्तरता चाहेकाले नेपाली काँग्रेसले नचाहे सम्म यो सरकार नढल्ने र अहिले कांग्रेस सरकार ढाल्ने पक्षमा समेत नरहेको  उहाँको भनाई थियो ।

कुनै विदेशी शक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने र सरकार परिवर्तनका लागि संसद्को सङ्ख्या आवश्यक रहेको उहाँको भनाई थियो ।

उहाँले सरकारले एकसय दिनमा टिआरसी विधेयक,सवारी लाइसेन्सका लागि नागरिक एप्स साथै  उखु तथा दुग्ध किसानको भुक्तानी जस्ता राम्रा कामहरू गरेकाले आगामी दिनमा सरकारले अझ राम्रा काम गर्दै जानुपर्ने बताउनु भयो ।

एक प्रश्नमा नेता कोइरालाले रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी विषय सम्बन्धी कुरा अदालतमा प्रवेश गरि सकेकाले सो पार्टीले न्यायालयको निर्णयलाई स्विकार्नु पर्छ यसरी सडकमा नारा जुलुस गरेर अदालतलाई प्रभावित हुने खालका कुनै पनि गतिविधि गर्न नहुने बताउनुभयो । नेता कोइरालाले सहकारीको विषयमा नेपाली कांग्रेसका नेता धनराज गुरुङको समेत गल्ती देखिएको छभने उहाँमाथि पनि छानविन हुनुपर्ने र उहाँले पनि संसदमा यस विषयमा आफूमाथि छानविन गर्न समेत भन्नु भएका बताउनुभयो ।

पार्टी विभाजन सम्बन्धी अध्यादेश अहिले ल्याउने वेला नभएको उहाँको भनाई थियो । उहाँले पटक पटक सरकार हेरफेर हुने र पार्टी फुट्ने जुट्ने परिस्थितिका कारण मुलुकमा राजनीतिक अस्थिरत बढेकै कारण राजनीतिक स्थायित्वका लागि यो सरकार गठन भएकाले अव फेरी यो सरकारले सो अध्यादेश ल्याएर राजनीतिक अस्थिरता पुन कायम गर्न नहुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार