श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ कात्तिक ः गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

सरकारको फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको भन्नुहुँदै उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले सत्ता साझेदार दलहरूबीच आगामी दिनमा निरन्तर बैठक बसी जनजीविकालगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको आधारभूत मान्यता छ, त्यसलाई हामीले अङ्गीकार गरेका छौँ, ती व्यवस्थालाई थप सुदृढ गर्न, थप जीवन्त र सबल बनाउने उद्देश्यका साथ संविधान संशोधन गर्ने भनेका हौँ”, उहाँले भन्नुभयो,“संविधानको अभ्यासबाट देखिएका सबल पक्षहरूको समीक्षा गर्दै सबैका बीचमा राजनीतिक सहमति निर्माण गरेर संशोधनको प्रक्रियामा जाने छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारमा रहेका र समर्थन गर्ने सात राजनीतिक दलले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारको सय दिनको समीक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल गरी निष्कर्ष निकालेका छौँ । सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्दै आगामी दिनमा गर्न खोजेका कामहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ ।”

बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने विषयमा देखापरेका कानुनी अड्चनलाई हटाउने सन्दर्भमा सफलता प्राप्त गरेको भनी सन्तोष प्रकट गरेको जानकारी दिनुहुँदै महासचिव पोखरेलले सङ्क्रमणकालीन न्यायलाई अविलम्ब टुङ्ग्याउनका लागि सम्बन्धित सरोकारवाला पक्षको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । “वर्तमान सरकार गठनपछि कानुनी सुधारका पक्षमा अनुकूल वातावरण बन्दै गइरहेको छ । औद्योगिक वातावरण तयार गर्ने सन्दर्भमा कानुनी सुधार गरी उद्योगी व्यवसायीलाई आशावादी तुल्याउने काम सरकारले गरेको छ”, उहाँले अगाडि भन्नुभयो ।

सुधारको प्रक्रियाबाट निजी क्षेत्र आशावादी बनेको र यसबीचमा पुँजीगत खर्चमा वृद्धि हुनाका साथै राजस्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बैठकको निष्कष रहेको महासचिव पोखरेलको भनाइ थियो ।

उहाँले सहकारी बचत रकम दुरुपयोगको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदनका आधारमा छानबिनको प्रक्रिया अगाडि बढिरहेको छ भन्नुभयो । “यस प्रक्रियालाई अनुचित ढङ्गले प्रभावित पार्ने कुनै प्रकारका गतिविधिहरू नगर्न बैठकले सामूहिक रूपमा अनुरोध गरेको छ । न्यायिक निरूपणको प्रक्रियामा निर्दोष कोही नफस्ने र दोषी उम्कन नसक्ने हिसाबले निष्पक्ष र पारदर्शी तरिकाले छानबिनको प्रक्रिया अगाडि बढिरहेकाप्रति आश्वस्त हुन अनुरोध गरिएको छ”, उहाँले सञ्चारकर्मी माझ भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार