श्रावण ४, २०८२ आइतबार July 20, 2025

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार