कार्तिक २३, २०८१ शुक्रबार November 8, 2024

काँग्रेसमा उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

विधान बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार काँग्रेसको विधान २०१७ (संशोधनसहित)बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा। प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् । स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया