श्रावण ४, २०८२ आइतबार July 20, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज ज्ञवाली नियुक्त

एमाले बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।

नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।

स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।

अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया