श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेसको प्रशिक्षण उपसमितिको संयोजकमा डा. सुरेश आचार्य नियुक्त

उपसमितिको सदस्यमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ कात्तिक : सत्तारुढ दल नेपाली कांग्रेसको प्रशिक्षण पाठ्यसामाग्री परिमार्जन उपसमितिको संयोजकमा डा सुरेश आचार्य नियुक्त हुनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न डा आचार्यको संयोजकत्वमा उपसमिति गठन गर्नुभएको हो ।

उक्त उपसमितिको सदस्यमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहनुभएको छ । उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखसमक्ष प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया