श्रावण ३, २०८२ शनिबार July 19, 2025

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहलका लागि सरकारसँग माग

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विशेष पहलका लागि सरकारसँग माग गरेका छन्।

यहाँस्थित महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन्।

अध्यक्ष साहले त्यसका लागि सबै पक्षबाट सहयोग जरूरी रहेको धारणा राखे। “विश्व प्रसिद्ध गढीमाईलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने हाम्रो माग छ। यसका लागि सबैले पहल गर्न आवश्यक छ । सरकारले यसमा विशेष पहल गर्नुपर्छ”, उनले भने। विश्वप्रसिद्ध गढीमाईको पाँच वर्षीय मेला आगामी मङ्सिरमा लाग्दैछ । स्थानीयस्तरमा यसको तयारी तीव्र रूपमा भइरहेको छ। लाखौँ श्रद्धालु सहभागी हुने यस मेलाको व्यवस्थापनलगायत काममा पनि संघीय सरकारले सहयोग गर्नुपर्नेमा साहले जोड दिए।

कार्यक्रममा अजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव, महासचिब त्रिभुवन साह, उपमहासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन्द्र यादव, गढ़ीमाई ट्रस्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाईको महिमाबारे चर्चा गरेका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार