श्रावण ३, २०८२ शनिबार July 19, 2025

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ: नेता निधि

कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन्।

महोतरीका कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधीले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए। निधिले भने, ‘मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ।’

सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाइएको बताउँदै उनले स्व शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले स्व मिश्र लोहरपट्टी मात्र होइन देशकै सपुत रहेको बताए। कांग्रेस महोतरीका सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिएका थिए।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टीसहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधीलाई आग्रह गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार