कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा निरीक्षकको लापरबाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।

विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिए ।

हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३ं४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए ।

छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएका थिए । केपिलासगढी गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप रु एक/एक लाख पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ ।

उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज–२२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार
बैतडीमा चालक हत्याका चार अभियुक्तलाई जन्मकैद, एक किशोरलाई १६ वर्ष कैद
२०८२ कार्तिक २८, शुक्रबार
टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा
२०८२ कार्तिक २८, शुक्रबार
अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु
२०८२ कार्तिक २८, शुक्रबार
‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण
२०८२ कार्तिक २८, शुक्रबार