काठमाण्डौं, २३ कार्तिक । चितवनको नारायणघाट मुग्लिन सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको इभी हायस र नारायणघाटबाट मुग्लिनतिर आउँदै गरेको बस आज बिहान ३ बजे आपसमा जुध्दा चार जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा छ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा गोरखा आरुघाटमा ४१ वर्षीय राजबहादुर गुरुङको परिचय खुलेको र अन्य तीन जनाको सनाखत भैनसकेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ। हायसका चालकको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया