श्रावण ३, २०८२ शनिबार July 19, 2025

बर्दिबासमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, तीन जना घाइते

ट्रयाक्टर चालक शीतल गौतम बर्दिबास प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ कात्तिक। पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

दुर्घटनामा सर्लाही ईश्वरपुर १२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको हो । बर्दिबास प्रहरीका अनुसार उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मगरातीको बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि महोत्तरी बर्दिबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते छन् ।

प्रहरी सहयोगमा अस्पतालमा भर्ना गरिएका उनीहरूको टाउको, छाती र कम्मरमा चोट लागेको छ । अस्पताल स्रोततकाअनुसार घाइतेको अवस्था मध्यम छ ।

बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार ट्रेलरमा मान्छे बोकेर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नंम्बरकाे ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना ८ ख ३१६ नंम्बरकाे ट्रिपरले शुक्रबार (हिजो) साँझ करिब ७ बजे पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

प्रहरीकाअनुसार मृतक र घाइतेहरू सबै ट्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसहित चितवन रत्न नगर ११ का ३९ वर्षीय ट्रिपर चालक जितबहादुर लोप्चन र सर्लाही ईश्वरपुर १२ का १९ वर्षीय ट्रयाक्टर चालक शीतल गौतमलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार