श्रावण ३, २०८२ शनिबार July 19, 2025

सहकारीको रकम अपचलन प्रकरणमा संलग्न छैन : धनराज गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नभएको स्पष्टीकरण दिनु भएको छ।

मंगलबार एक  विज्ञप्ति जारी गर्दै उपसभापति गुरुङले  सहकारी प्रकरणमा आफू दोषी नभएको स्पष्ट पार्नु भएको हो ।

‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु, विज्ञप्तिमा गुरुङ्गले लेख्नु भएको छ ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उहाँले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताउनुहुँदै आफू सहकारी ठग नभएको र बेथितिका विरुद्ध लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

उपसभापति गुरुङ्गले  पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न  माग गर्नु भएको छ ।

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया