काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्य योजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने छ । साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुने पनि कार्य सूचि रहेको छ ।
यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि समितिको सभाहलमा बिहान ११ बजे बस्दैछ ।
बैठकमा समितिको वार्षिक कार्य योजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया