जेठ ७, २०८२ बुधबार May 21, 2025

उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षको भूमिका दिने गरी संविधान संशोधन हुन्छ : सभापति देउवा

प्रजातन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयमा कानुन व्यवासयीहरुको भूमिका अझ महत्वपूर्ण हुने देउवाको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले  राष्ट्रिय सभा अध्यक्षको भूमिका उपराष्ट्रपतिले निर्वाह गर्ने गरी संविधान संशोधन गरिने बताउनु भएको छ।

डेमोक्रे्याटिक लयर्स एशोसियशनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको समेत भूमिका दिने गरी संविधान संशोधन गर्ने विषयमा सत्तारुढ दलहरु बीच छलफल चलेको बताउनु भएको हो ।

संविधान संशोधनको क्रमम संविधानको मुल मर्म संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता विषयहरुमा फेरबदल नुहुँने समेत सभापति देउवाले विश्वास दिलाउनु भयो ।

प्रजातन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयमा कानुन व्यवासयीहरुको भूमिका अझ महत्वपूर्ण हुने देउवाको भनाइ थियो ।

कार्यक्रममा महामन्त्री गगन कुमार थापाले सरकारमा रहेका दुइ दल फरक -फरक विचार धाराका भएपनि राष्ट्रिय हितको सवालमा साझा निर्णयमा पुग्ने भन्दै सञ्चार माध्यममा आएजस्तो तत्काल सरकारमा कुनै फेरवदल अबवस्था नरहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, डिएलएका अध्यक्ष सिताराम केसी लगायतका कानुन व्यवसायीहरुले संविधान संशोधन आवश्यक भएको र  संशोधनमा आफ्ना सुझाबहरुलाइ समेटन आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार