बैसाख १३, २०८२ शनिबार April 26, 2025

उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको एमाले महासचिवको दाबी

मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, मंसिर ७ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताउनुभएको छ ।

एमालेले शुक्रबार आयोजना गरेको  जनजागरण सभामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।

‘काम एमालेले गर्ने जस अरुले लिने काम भइरहेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, “यसअघिको एमाले नेतृत्व सरकारमा मुलुकले उच्च आर्थिक बृद्धिदर हासिल गरेको थियो, मुलुकको अर्थतन्त्र बिग्रेका बेला पुनः एमाले नेतृत्वमा आएको छ, मुलुकको अर्थतन्त्र लयमा आएको छ ।”

‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर फेरि अर्को अफवाह फैलाउने काम भएको छ, हुँदै नभएको कुप्रचार गरी सरकार र एमालेविरुद्ध योजनाबद्ध भ्रम छर्ने र बदनामी गर्ने प्रयास गरिएको छ, यसलाई चिर्न पनि यो जागरणसभा हो’ उहाँले भन्नुभयो । सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने  बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार