मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

एमालेलाई काठमाण्डौं महानगरले तिरायो एक लाख जरिवाना (पत्रसहित)

दरबारमार्गमा जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’,  नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया