श्रावण ३, २०८२ शनिबार July 19, 2025

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रम ओलीको चीन भ्रमण, दुई देशबीचको आपसी हित र सम्बन्ध बीआरआई परियोजनाका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान नेपालका लागि चीनका राजदूत सोङसँग पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो ।

चिनियाँ राजदूतसँगको भेटमा लिङ्देनले निकट भविष्यमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, दुई देशबीचको आपसी हित र सम्बन्ध बीआरआई परियोजना तथा पोखरा विमानस्थल लगायत विविध पक्षमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको चीन भ्रमणका क्रममा बीआरआईमा हस्ताक्षर हुने सम्भावना छ । यद्यपि बीआरआई ऋणमा लिने कि अनुदान भन्नेमा भने कुरा मिलिसकेको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार