काठमाण्डौंः प्रधानसेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी प्रदीप जंग केसीलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया