माघ ४, २०८१ शुक्रबार January 17, 2025

उपराष्ट्रपति यादवबाट अपाङ्गता दिवसको शुभकामना

स्वदेश तथा विदेशमा बसोबास गर्ने फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा बसोबास गर्ने फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिए ।

उनले शुभकामना सन्देशमार्फत नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् ।

उपराष्ट्रपति यादवले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया