मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए। उनले आयोगमा भएका उजुरीउपर भएका छानबिन,अनुसन्धान,अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताए। उनले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लंघन सम्बन्धी ११० उजुरी दर्ता भएको बताए।

उनले यो अवधिमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गरे । उनले अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताए। उनले यो अवधिमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताए ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार