माघ ४, २०८१ शुक्रबार January 17, 2025

भरूवा बन्दुक सहित एक जना पक्राउ

बन्दुक ३ थान र करिब २ सय ग्राम बारूद सहित समातिय ५४ वर्षीय नन्दलाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप, खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरूवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारूद जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया