माघ ४, २०८१ शुक्रबार January 17, 2025

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

नगद ५५ हजार ९ सय ९० रुपैयाँ र ४ बुक तास सहित समातिए जुवाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुरे गाउँपालिका–५ खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया