माघ ४, २०८१ शुक्रबार January 17, 2025

कैलालीबाट १ करोड बढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ

श्रोत नखुलेका समानसहित प्रहरीले अनुसन्धान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २३ मंसिर । कैलाली जिल्लाको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा ईलाकाबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

सुर्खेत जिल्लाको चौकुनी गाउँपालिका- १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका -१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले शनिबार नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चादीका लेप लगाएका भाडाकुडा सहित नियन्त्रणमा लिएको हो।

उल्लेखित सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया