माघ ४, २०८१ शुक्रबार January 17, 2025

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, तीन जना घाइते

नियन्त्रणमा लिएका चौकीदारसमेत पाँच जनालाई अर्को कारागारमा सार्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ । जिल्ला सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारका रहेका कैदी–थुनुवाबीच शनिबार राती करिब ८ बजे भएको झडपमा तीन जना घाइते भएका छन् । सो झडपका क्रममा प्रहरीले नियन्त्रणमा लिएका चौकीदारसमेत पाँच जनालाई अर्को कारागारमा सार्ने तयारी जिल्ला प्रशासनले गरेको छ ।

कारागारका चौकीदारको व्यवहारप्रति धेरै समय अघिदेखि असन्तुष्टि देखिदै आएका कैदी र थुनुवाले चौकीदारलाई आक्रमणको प्रयास गरेका थिए । सो क्रममा छु्ट्याउन गएका तीनजालाई सामान्य चोट लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेको कारागारमै हिजो साँझ उपचार गरिएको उनीहरू अवस्था सामान्य छ प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए ।

उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका चौकीदार समेत छ जना जिल्ला प्रहरी कार्यालयमै रहेका छन् । उनले भने, ‘उनीहरूलाई फेरि त्यही ठाउँमा राख्दा फेरि घट्ना दोहोरिने र अप्रिय स्थिति पनि सिर्जना हुन सक्ने हो कि ? भन्ने आशंका छ ।’ त्यस’boutमा प्रहरीले अनुसन्धान गर्दैछ, अन्य व्यक्ति पनि त्यस्तो कार्यमा संलग्न छन् कि ? टुंगिएपछि अर्को जिल्लाको कारागारामा सार्ने प्रयास भइरहेको छ प्रजिअ गुरुङले जानकारी दिए ।

उनका अनुसार कैदी–थुनुवाबीच झगडा भएपछि कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ गुरुङले भने ‘कारागारमा साविक रहेका सुरक्षाकर्मीबाहेक २५ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरीहरू कारागारको सुरक्षार्थ थप गरिएको छ ।’

झडपमा संलग्न रहेका चौकीदार समेत छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय स्थित थुनुवा कक्षमा लगेर राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख व्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएर झडपमा संलग्न चौकीदार खुसीराम मग्राती, कैदीहरू श्रीकृष्ण चिलुवाल अमल घले र देव गुरुङ साथै थुनुवाहरू तेज गुरुङ र मौलादिन मिया रहेका छन् ।

झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरू दीपक सुनार, चिजकुमार श्रेष्ठ र सन्दीप श्रेष्ठ घाइते भएका छन् । उनीहरूका हातमा सामान्य चोट लागेको रहेछ, कारागारभित्रै उपचार गरिएको प्रनाउ श्रीवास्तवले उल्लेख गरे । उनले भने, ‘चौकीदारको व्यवहारलाई लिएर कैदी–थुनुवाको दुईपक्षबीच झगडा भएको बुझिन आएको छ ।’ थप अनुसन्धान जारी रहेको प्रनाउ श्रीवास्तवले जानकारी दिए ।

यसप्रकार कैदी र बन्दी बीचमा झडप भएर जिल्ला प्रहरी कार्यालयमा लग्नु पर्ने स्थिति उत्पन्न भएको जिल्ला कारागारको इतिहासमा यो पहिलो घट्ना हो ।

२०२८ सालमा बेसीशहरमा जिल्ला सदरमुकाम सर्नासाथ निर्मित सो जिल्ला कारागार सी ग्रेडको अने । जसको क्षमता जम्मा ३५ जना राख्ने रहेको छ । तर यतिबेला कारागारमा १ सय २० जना कैदी–थुनुवा छन् । यसमा कैदी पुरुष ५२ र महिला ३ गरी ५५ जना छन् । पुरुष ६४ र महिला १ गरी ६५ जना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया