माघ ४, २०८१ शुक्रबार January 17, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौता, उपनिर्वाचनको समीक्षा लगायतमा छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि यसअघि नै निम्तो गरिसकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौता, उपनिर्वाचनको समीक्षा लगायतमा छलफल गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया