मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

एमाले केन्द्रीय समिति बैठक च्यासलमा सुरु

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । प्रत्येक सदस्यलाई ३ मिनेट बोल्ने समय दिईनेछ ।

एमाले अध्यक्ष ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा गठबन्धन सरकार, सरकार सञ्चालन भएको ६ महिनाको उपलब्धी र आगामी दिनमा गर्नुपर्ने काम उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमले ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने ३ महिने अभियानबारे पनि उल्लेख रहेको बताए ।

‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्षज्यूबाट आजको समसामयिक विकसित नेपाली राजनीतिको सन्दर्भमा, त्यसको बहुआयमिक पक्षमा, खासगरी अहिले विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारले गरेका काम र गर्नुपर्ने कामहरु, पार्टीको संगठनात्मक अवस्था, पार्टीको केन्द्रीय संगठन विभागले गरेको राष्ट्रिय कार्यशालाबाट निकालेको निष्कर्षहरु र त्यसले सञ्चालन गर्ने तीन महिने संगठनसम्बन्धि अभियानजस्ता आन्तरिक विषयमा केन्द्रीत भएर पार्टी अध्यक्षको तर्फबाट बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’– उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार