मंग्सिर १, २०८२ सोमबार November 17, 2025

जनताकेन्द्रीत परिवर्तनको विकल्प छैनः प्रवक्ता लावती

काठमाडौंमा हुने निर्णायक आन्दोलनको तयारीस्वरुप राप्रपाको प्रशिक्षणहरु संचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले पात्र, प्रणालीका साथै देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन जनताकेन्द्रीत परिवर्तन भन्दा अर्को विकल्प नभएको बताएका छन् ।

‘छब्बीस सय नेपाली दैनिक विदेश जान्छन् । यस अर्थमा नेपाल सबैभन्दा ठूूलो संख्यामा नागरिक विदेश पलायन हुने देश बनेको छ, त्यसैले नेपाली समाज युवाविहीन बुन्छ कि भन्ने चिन्ता छ । विदेशी ऋणभार बढ्दो छ, नेपालीहरु जन्मदै ९० हजार रुपैयाँ ऋण बोकेर जन्म लिन्छन् । आर्थिक अवस्था ओरालो लाग्दो छ, भ्रष्टाचार बढ्दो छ,’ प्रवक्ता लावतीले धनकुटा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रमको क्रममा बिहीबार भने ।

‘१५ वर्षमा १४ वटा सरकार बनाएर नेपालले अस्थिरताको विश्व किर्तिमान कायम गरेको छ । राजनीतिक स्थायित्व मात्र होइन प्रजातान्त्रिक पद्धति नै संकटमा छ, कानुनी राज्य, नियन्त्रण सन्तुलन र जवाफदेहीतामाथि प्रश्नचिन्ह छ । जनता आक्रोशित छन् । त्यसर्थ पात्र र प्रणालीमा उत्पन्न समस्या निराकरण गर्न सार्थक परिवर्तन आवश्यक भएको छ,’ उनले भने ।

राप्रपाले सबै विचार र शक्ति अट्ने नवीन समझदारीको ४० बुँदे प्रस्ताव अघि सारेको छ । विकास र समृद्धीको गतिमा छिमेकी मुलुकहरुको तुलनामा नेपाल धेरै पछि परेको भन्दै राप्रपाका केन्द्रीय सदस्य कुमार थापाले बाह्र बुँदे सहमतिको मार्गचित्र परिवर्तन गर्नु पर्ने समय आएको बताए ।

परिवर्तनको अपरिहार्यता, आन्तरिक तथा विश्व परिवेश, धर्म संस्कृति तथा राष्ट्रिय पहिचान, आन्दोलन परिचालन तथा संचालनका विषयमा केन्द्रीत रहेर प्रवक्ता लावती तथा राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनका केन्द्रीय सदस्य केबी थापाले धनकुटा जिल्लास्तरीय प्रशिक्षण संचालन गरेका थिए ।

काठमाडौंमा हुने निर्णायक आन्दोलनको तयारीस्वरुप राप्रपाले सतत्तरै जिल्लामा प्रशिक्षणहरु संचालन गरीरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार