फागुण ५, २०८१ सोमबार February 17, 2025

अध्यादेशमार्फत विधेयक ल्याउने सरकारको कुराको विरोध गर्छौं : माओवादी केन्द्र

सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको माओवादीले विरोध गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताए ।

उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए ।

उनले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गरे । उनले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए ।‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरि अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठिक छ,’उलने भर्ने‘यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद बोलाउनुपर्छ । संसदमै बसेर सरकारले विधेयकहरु प्रश्तुत गरेर विधेयकका कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ ।’

उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे ।

नेकपा (माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ ।

‘संसदलाई यसरि छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं । यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन,’उनले भने‘अहिले हाम्रो अभियानको रुपमा जनतासँग जाने कुरामा जोड छ । छिटो संसद चलाउनुपर्छ । संसदमा हामी जनताका कुराहरुलाई उठाउँछौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया