काठमाडौँ, माघ २ गते । प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको मुद्दामा तामाङ पक्राउ परेका हुन् ।
उहाँले तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिनुभयो । तामाङले आफूलाई सामाजिक अभियान्ताको रुपमा चिनाउँदै आउनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया