यस्तो छ अवधारणा पत्रको पूर्णपाठः
काठमाण्डौंः नेकपा एमालेले पार्टी सदस्यबाट समेत निष्कासित गरेपछि नेता डा. भीम रावलले ल्याएको मातृभूमि जागरण अभियान, नेपालको अवधारणा सार्वजनिक भएको छ ।
पूर्वउपप्रधान, रक्षा र गृहमन्त्री समेत रहेका नेता रावलले ४ पृष्ठको संक्षिप्त जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनको नारा छ, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔं, मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरुद्ध जुटौं !’
‘स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ,’ प्रस्तावमा उल्लेख छ, ‘राज्य सञ्चालन, अर्थव्यवस्था र जनजीवन लगायतका विषयसँग सम्बन्धित विस्तृत धारणा, नीति र कार्यक्रम गहन र व्यापक छलफलपछि तय गर्नु उपयुक्त हुने हुँदा सामान्य रूपरेखा मात्र प्रस्तुत गरिएको छ ।’
जागरण अभियान किन, संगठन निर्माणको प्रक्रिया र स्वरूप तथा आर्थिक व्यवस्थापनबारे उल्लेख गरिएको छ । वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने, तदर्थ समितिमा १ जना संयोजक र १ जना सदस्य सचिव राख्ने, समितिको संख्या १५–२५ जनाको हुने प्रस्ताव गरिएको छ ।
यस्तो छ अवधारणा पत्रको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया