फागुण ५, २०८१ सोमबार February 17, 2025

पर्यटन र उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल

पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, माघ ३ गते। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । लुम्बिनीमा आयोजित जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसँगको छलफलमा पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको बताउनुभयो ।

पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उहाँको धारणा छ । ‘पर्यटन नै विकासको मूल आधार हो, पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोसाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’ उहाँले भन्नुभयो ।

लुम्बिनी क्षेत्र भित्रको मात्र विकास भएर नहुने बताउँदै उहाँले बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउनेगरी विस्तृत गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । ‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ, त्यो योजनाले लुम्बिनीभित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस्’ उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश स्थापना भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि पहिलाभन्दा अहिले राम्रा पूर्वाधार बनेका उहाँले बताउनुभयो । त्यसैले पर्यटकलाई सहज भएको पोखरेलको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया