फागुण ५, २०८१ सोमबार February 17, 2025

नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौंमा शुरु हुँदै

कार्यक्रमको उद्घाटन जयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलका बुवा सेते रम्तेल र ईश्वरी दाहाल असारे काकाले संयुक्त रूपमा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । उद्घाटन सत्र राष्ट्रिय नाचघर जमलमा मध्यान्ह १२ बजे हुनेछ ।

बन्दसत्र टियुको अडिटोरियम हलमा भोलिदेखि १० गतेसम्म हुने नेता गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको उद्घाटन जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलका बुवा सेते रम्तेल र ईश्वरी दाहाल असारे काकाले संयुक्त रूपमा गर्नेछन् । बन्दसत्रमा संयोजक धर्मेन्द्र बस्तोलाले वैज्ञानिक समाजवादी आन्दोलनको कार्यदिशा र स्वाधीन सरकारको कार्यनीतिसम्बन्धी राजनीतिक दस्ताबेज पेस हुने लोहनीले जानकारी दिए ।

महाधिवेशनमा ७७ जिल्लाबाट ४५० प्रतिनिधि र सय जना पर्यवेक्षक सहभागी हुने उनले बताए । नेतृत्व छनोट प्रक्रिया प्रत्यक्ष मतदानबाट केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समितिले पदाधिकारी छनोट गर्नेछ । हाल ९५ जना केन्द्रीय समिति सदस्य रहेकोमा महाधिवेशनले ६५ जनाको बनाउन सक्ने लोहनीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया