फागुण ५, २०८१ सोमबार February 17, 2025

विपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा सुरु

आजै संयुक्त पत्रकार सम्मेलन गर्ने समेत विपक्षी दलहरुको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक सुरु भएको छ । केहीबेरअघि संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारका गतिविधिबारे समीक्षा गर्ने र नयाँ रणनीति बनाउने कार्यसूची रहेको छ ।

आजको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) सहित सबै विपक्षी दलका शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।

त्यस्तै आजै संयुक्त पत्रकार सम्मेलन गर्ने समेत विपक्षी दलहरुको तयारी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया