फागुण ५, २०८१ सोमबार February 17, 2025

अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्छ : अध्यक्ष महतो

मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोलबजार (सिरहा), ५ माघः राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उहाँले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले मधेस केन्द्रित दल टुट्न हुँदैन भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया