काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम लगाएत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ । सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ ।
संसदको हिउँदे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । माओवादीको नेतृत्वमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर नै सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया