माघ २८, २०८१ सोमबार February 10, 2025

क्यानडा पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाएर सम्पर्कविहीन भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यानडा पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्तिलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।

ठगी आरोपमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाएर सम्पर्कविहीन भएको आरोपमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध पीडितले जाहेरी दिएपछि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेको पाइएको छ ।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया